दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वार्ड नम्बर ५ बगौरामा शनीबार एक कार्यक्रमका बीच शैल्यशिखर रानीस्थान बहुउदेश्य सहकारी संस्था लिमीटेडको कार्यालय उद्धघाटन गरिएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ बगौरा स्थित संस्थाका अध्यक्ष धनबहादुर साउदको अध्यक्षता तथा शैल्यशिखर नगरपालिका ५ का वडा अध्यक्ष मदन सिह रावलको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा शैल्यशिखर नगरपालिका सहकारी बिभाग प्रमुख भोज राज भट्ट रहेको उक्त कार्यक्रममा संस्थाका सेयर सदस्य, साधारण सदस्य लगायत अन्य स्थानिय बुद्धजिवीहरुको उपस्थीती रहेको संस्थाका अध्यक्ष धनबहादुर साउदले बतानुभयो ।
सहकारी संस्थाको प्रगतिको शुभकामना दिदैँ शैल्यशिखर नगरपालिका ५ का वडा अध्यक्ष मदन सिह रावले आफ्नो तर्फवाट संस्थालाई सहयोग गर्न हरेक समय तयार रहेको बतानुभयो ।