दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस वडा कार्यसमितिको दोस्रो बैठक सम्पन्न भएको छ। वडा नम्बर १ का सभापति दिपक साउँदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरि दुई जनाले काँग्रेस प्रबेश गरेका छन् । प्रबेश गर्नेमा लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलि बस्ने दिपक बिष्ट र लक्ष्मण बिष्ट रहेका छन् ।
बुधबार बसेको बैठकले दिपक बिष्टको नेतृत्व मा प्रचारप्रसार समिति गठन गरेको लेकम गाउँपालिकाका युवा नेता ईन्द्र सिंह साउँदले बताउनुभयो।
त्यस्तै लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली बडिपुर मा नेपाली काँग्रेसको पार्टी कार्यालय समेत उद्घघाट गरेको नेपाली काँग्रेस लेकम गाउँपालिका वडा नम्वर १ का वडा सभापति दिपक साउद ले बताए ।