मालिकार्जुन गाउँपालिकामा ५ बर्षदेखि रोकिएका सडक पुनः निर्माण हुने

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका अन्तर्गत भर्तोला, जोलजिबी, उकु, सेरा कुर्ज्यानी बाकु सडकखण्डहरुमा ५ बर्ष पछि पुनः निर्माण कार्य सुचारु हुने भएको छ।

कडा चट्टानी भीर भएका कारण ७४ सालदेखि निर्माणको काम रोकिएको थियो । सडक निर्माणका लागि विष्फोटक पदार्थको लागत स्टिमेट स्वीकृत भएकाले चाडै काम अगाडि बढ्ने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताउनुभयो ।

उक्त सडक निर्माण कार्यको लागि पहल गर्दा सडक डिभिजन कार्यालय बैतडी र नेपाली सेनाको तर्फबाट दार्चुलास्थित गुरु गोरख गुल्मबीच विष्फोटक पदार्थ ल्याउन एमओयू सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष धामीका अनुसार सडक डिभिजन कार्यालयबाट ५ हजार ३ सय ३५ केजी विष्फोटक पदार्थ र १६ हजार ८ सय गोटा डेटोनेटर माग भई नेपाली सेना नीति तथा योजना निर्देशनालयबाट उपलव्ध गराउने स्वीकृति प्राप्त भएको जानकारी दिए ।

भर्तोला–जोलजिबी–उकु–लाली सडक खण्ड अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नं ६ बाकुमा पर्ने कुर्ज्यानी भीर सडक निर्माण कार्य संचालन हुने भएको अध्यक्ष धामीले बताए।

स्थानीय निकायको चुनाव हुनु अगावै २०७२ सालमा सडक डिभिजन पाटनले संचालन गर्ने गरी भर्तोला–जोलजिबी–उकु–लाली सडक खण्ड बाँकु कुर्ज्यानी भीर कटिङको काम सुरु भएको थियो ।
कडा चट्टानी भाग कटिङ गर्न त्यती वेला स्थानीय बासी, उपभोक्ता सरोकारवाला , निर्माण कम्पनी र सडक डिभिजन पाटन सङ्ग तत्काल अध्यक्ष धामीले कुरा गरेको बताए।

स्थानिय निर्वाचन भए पश्चात निर्माणाधिन अवस्थामा रहेको यो सडक संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । बैतडी पूर्वाधार विकास कार्यालयले संचालन गर्ने गरी जिम्मेवारी पाएको उक्त सडक निर्माण कार्यका लागि स्काईभेटर ब्रेकरले निर्माण कार्य सम्भव नहुने भएका कारण अध्यक्ष धामीले निर्माण कार्य अगाडी बढाई दिन विभिन्न निकाय संग कुरा गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.