दार्चुला –शैल्यशिखर नगरपालिका को वडा नम्बर ५ ओखडानिमा नेपाली काग्रेशको टोलभेला सम्पन्न भएको छ। वडा नम्बर ५ का वडा कार्यसमिती सभापति मदन सिंह डागाको सभापतित्वमा भएको टोल भेला कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामी प्रमुख अतिथी रहेका थिए भने बिशिस्ट अतिथी मा नेपाली कांग्रेस का पुर्ब जिल्ला उपसभापति तथा शैल्यशिखर नगरपालिका का नगर प्रमुख अमर सिंह धामी,शैल्यशिखर का उप नगर प्रमुख राजमती बम पाल र वडा न ५ का वडा अध्यक्ष मदन सिंह रावल रहेका थिए। उक्त कार्यक्रम मा नेकपा एमाले परित्याग गरि ६ जना र माओवादी केन्द्र परित्याग गरि १ जनाले कांग्रेस प्रबेश गरेको वडा न ५ का वडा सभापति मदन सिंह डागाले बताउनु भयो। नव प्रबेशी हरुलाई पार्टीमा स्वागत गर्दै नेता बिक्रम धामीले देश हाक्ने एउटा मात्र पार्टी नेपाली कांग्रेस रहेको बताए।