बैतडी – बैतडीको डिलाशैनि गाउँपालीका वडा नम्बर ३ बगडीमा नेकपा एमालेको टोलभेला सम्पन्न भएको छ ।
उक्त टोलभेला करबिर बोहराको अध्यक्षतामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र बहादुर पालको प्रमुख आथित्यता रहेको थियो भने बिसिस्ट अथिमा जिल्ला कमिटी सदस्य तथा डिलाशैनि गाउँपालीकाका अध्यक्ष उकेन्द्र बोहरा उपाध्यक्ष पारभती भण्डारी राना जिल्ला कमिटी सदस्य दिपक बोहरा रहेका थिए।
डिलाशैनि गाउँपालीका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष गोकर्ण राना रगुबिर बोहरा लगायतका नेता कार्यक्रताहरुको सभागीता रहेको वडा नम्बर ३ वडा कमिटी अध्यक्ष गोकर्ण रानाले जानकारी दिनुभयो ।
यस्तै आजको भेलाले टोल कमिटी गठन गरेको छ । टोल कमिटी अध्यक्षमा हिक्मत बोहरा , उपाध्यक्षमा बिरभद्र बोहरा , सचिवमा नारा जोशि , सह सचिवमा दिलेन्द्र लुहार लगायत ५१ सदस्ययीय टोल कमिटी गठन गरेको वडा कमिटी अध्यक्ष रानाले बताउनुभयो ।
