पस्ती स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड  (Video X-Rey) सेवा संचालन

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं ८ शंकरपुर पस्ती स्वास्थ्य चौकीले मङ्गलबार देखि अल्ट्रा साउण्ड सेवा शुरु गरिएको छ। मालिकार्जुन गाउँपालिकाको चालु आ.ब. २०७८/०७९ को बिनियोजित बजेट १५०००००। पन्ध्र लाखबाट उक्त मेसिन खरिद गरिएको मालिकार्जुन गाउपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए ।

मङ्गलबार एक कार्यक्रम का बिच रिबन काटेर अध्यक्ष धामीले उद्घाटन गरेका थिए। उद्घाटन लगत्तै ४ जना बिरामीले सेवा समेत लिएको डा. निराजन बोहराले बताउनुभयो।

उक्त उद्घाटन कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष पदम राज पन्त, स्वास्थ्य सह संयोजक राम दत्त भट्ट, स्वास्थ्य चौकी प्रमुख राम सिह खत्री लगायत कर्मचारीहरु स्वास्थ्य ब्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

पस्ती स्वास्थ्य चौकीमा गाउँपालिकाको पहलमा २०७७ साल मङ्सिर देखि मेडिकल अधिकृत सहित आवस्यक जनशक्ती ब्यवस्थापन गरि X-Rey , ल्याब, इसिजि र एम्बुलेन्स सेवा उपलब्ध हुदै आएकोमा मङ्गलबार देखि अल्ट्रासाउण्ड सेवा पनि शुरुवात भएको अध्यक्ष धामीले बताए ।

उक्त स्वास्थ्य चौकीले चौबिसै घण्टा इमरजेन्सी सेवा र इन्डोर सेवा पनि उपलब्ध गराउदै आएको डा. निराजन बोहरा ले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.