दार्चुला – बुधबार शैल्यशिखर नगरपालिकाको वडा न २ देथला धुङ्याडीमा कृष्ण बहादुर पालको सभापतित्वमा नेपाली कांग्रेसले टोलभेला कार्यक्रम सम्पन्न गरेको छ।
कृष्ण बहादुर पालको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथी शैल्यशिखर नगरपालिकाका नगर उपप्रमुख तथा महाधिवेशन प्रतिनिधि राजमती बम पाल रहेका थिए भने शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी, सभापति मोहन सिंह साउद नगर सचीव तिलक बहादुर पाल, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य सन्जा धामी विशिष्ट अतिथि रहेका थिए । उक्त टोलभेला कार्यक्रममा नेकपा एमाले परित्याग गरि ५१ जनाले कांग्रेस प्रबेश गरेको टोल सभापति कृष्ण बहादुर पालले बताउनु भयो ।
नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुमा पशुपति लोहार, गिता कोली, कलावती कोली, जानकी लोहार, कृष्णा लोहार, गोमती लोहार, बिनोद कोली ,महन्त लोहार, हरिकृष्ण लोहार, अन्तराम लोहार, हरिलाल लोहार, पदम राम लोहार, कुन्ती लोहार, खगेन्द्र लोहार, रमेश लोहार, भिम लोहार, सुनिता लोहार, महादेव ओड, सीता ओड, नरेन्द्र भट्ट, राम लोहार, डम्मरा लोहार, गणेश लोहार, सीता लोहार, हिरा कोली, बबिता लोहार लगायत रहेका छन ।
नबप्रबेशी हरुलाई महाधिवेशन प्रतिनिधि तथा उपमेयर राजमती बम पाल र नगर प्रमुख अमर सिंह धामीले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए । मन्तब्य राख्ने क्रममा नगर सचीव तिलक बहादुर पालले जब जब देशमा संकट उत्पन्न हुन्छ तब तब कांग्रेसको खोजी हुने भएकोले आउने आसन्न निर्बाचनमा कांग्रेस लाई जिताउन अपिल गरेका छन ।
त्यस्तै कार्यक्रममा बोल्दै महन्त लोहारले कम्युनिस्टहरु झुटा आस्वासन दिने भएकाले अबको आसन्न निर्बाचनमा कांग्रेस लाई जिताउनु पर्ने बताए ।






