दार्चुलाका प्रहरी प्रमुख भट्टको सरुवा, नयाँ प्रहरी प्रमुखमा बिष्ट आउँदै

दार्चुला – नेपाल प्रहरीका २५ जना प्रहरी नायव उपरीक्षक डीएसपी को काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

२५ जना मध्ये दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टको पनि काज सरुवा गरिएको छ । २०७७ फागुन देखि दार्चुलाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका भट्टको झण्डै १४ महिनामा जिल्ला प्रहरी कार्यालय बाकेमा काज सरुवा भएको छ । उनको ठाउँमा दार्चुलामा प्रतीक बिष्टलाई पठाइएको छ । बिष्टको प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र, धनुषाबाट काज सरुवा गरिएको हो ।

भट्टलाई भने जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ । डियसपी भट्ट दार्चुलामा रहदा अपराध नियन्त्रण हुनुका साथै सवारी दुर्घटना कम गराउन अहम भुमिका रहेको भन्दै जिल्लावासीले उनको कार्यको प्रशंसा गरेका छन ।

Leave A Reply

Your email address will not be published.