दार्चुला । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्तारुढ गठबन्धनलाई फाइदा पुग्ने खालका गतिविधि गरेको आरोप लगाएका छन्।
स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गरेको भन्दै अध्यक्ष ओलीले त्यसप्रति आपत्ति समेत प्रकट गरे।
आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगको गतिविधिप्रति आशंका गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको पनि बताए। निर्वाचन आयोगले दलहरूसँग छलफल समेत नगरी निर्णय गर्दै जाने काम गर्न नहुने पनि पटकपटक अध्यक्ष ओलीले दोहोर्याए।
उनले भने, ‘दलहरूसँग परामर्श नगरी चुनाव चिह्नको रङ बदल्ने कुरा सहज, सामान्य हुँदै होइन। निर्वाचन आयोगले समयसमयमा विभिन्न दलसँग परामर्श गर्ने गर्छ तर महत्त्वपूर्ण विषयमा परामर्श गर्न नपर्ने
उनले प्रचलनमा आएको रङ परिवर्तन गर्न सहमति गर्नु अनिवार्य गर्नुपर्नेमा जोड दिए। आफ्नो विपक्षमा फैसला दिने खालका खालका घटना विगतमा भोगेको पनि ओलीले दाबी गरे। देशको सबैभन्दा ठूलो दलसँग परामर्श नगरी साँठगाँठयुक्त क्रियाकलाप, सेटिङयुक्त क्रियाकलाप गरिएको उल्लेख गर्दै त्यस्ता व्यवहार हुन नहुने उनको भनाइ छ।
ओलीले भने, ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगका सकारात्मक र निर्णायक गतिविधि हुनुपर्नेमा निर्वाचन आयोगकै गतिविधि र भूमिका यो ढंगले अगाडि बढ्न थालेपछि भोलि निर्वाचनका बखत के होला रु भन्ने कुरामा गम्भीर आशंका छ।’
अध्यक्ष ओलीले अटेर नगरी दलहरूको परामर्शको आधारमा मात्रै स्थानीय तह निर्वाचनसम्बन्धी निर्णय गरेर अघि बढ्न पनि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराए।
