प्रेस काउन्सिलले चुनावमा आचारसंहिता पालना भए नभएकोबारे अनुगमन गर्ने

दार्चुला । प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका चुनावमा आचारसंहिता पालना भएनभएकोबारे अनुगमन गर्ने भएको छ ।

काउन्सिलले आज बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो ।

निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भएन भएकोबारे अनुगमन गर्ने भएको हो ।

चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन सक्ने हुँदा त्यसतर्फ सञ्चारमाध्यम तथा पत्रकार सजक हुन काउन्सिलले सुझाएको छ ।

आचारसंहितालाई ख्याल गर्दै आ–आफ्नो सञ्चारमाध्यमबाट स्वतन्त्र भूमिका खेल्न, कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.