आज जसपाको घोषणापत्र सार्वजनिक

दार्चुला । जनता समाजवादी पार्टी जसपाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ।

घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइनेछ । कार्यालयमा सेवा लिन आउँने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिनेछ । यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ। कार्यालयलाई आधुनिक प्रविधियुक्त बनाइनेछ । आवश्यक सबै कर्मचारीलाई न्युनतम कम्प्युटर शिक्षाको तालिम दिइनेछ।’

सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कार्वाही गर्ने उल्लेख गरेको छ। स्थानीय न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने न्यायिक मेलमिलाप तथा मध्यस्थतासम्बन्धी प्रक्रिया पारदर्शी, तटस्थ र निष्पक्ष बताउने बताएको छ।

घाेषणापत्रकाे पूर्णपाठ–

Leave A Reply

Your email address will not be published.