शैल्यशिखर ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट बर्तमान अध्यक्ष जोशी सिफारिस

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा वडा अध्यक्षको लागी नेपाली काँग्रेसबाट बर्तमान अध्यक्ष जयानन्द जोशी लाई सर्वसम्मत सिफारिस गरेको छ ।

बुधबार बसेको नेपाली काँग्रेसको वडा समितीको बैठकले वहालवाला वडा अध्यक्ष जोशीलाई सर्वसम्मत रूपमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।

यसअघि वडा नं. ७ बाट वडा अध्यक्ष पदका लागि दिवाकर जोशी सर्वसम्मत सिफारिस भएका थिए । तर जोशी ठेका पट्टामा संलग्न रहेका र विभिन्न ठाउँबाट पेश्कि रकम समेत लिएको हुँदा उनको उम्मेदवारी निर्वाचन आयोगले नमान्ने भएपछि वर्तमान वडा अध्यक्ष जोशीलाई सर्वसम्मत उम्मेद्वार चयन गरेको नेपाली काँग्रेसले शैल्यशिखरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.