दार्चुलाका ३ स्थानीय तहहरुमा निशुल्क क्षयरोग तथा कुष्ठरोग चेकजाच शिविर सन्चालन हुने

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा स्थानिय तहहरुको सहयोग र समन्वयमा यही बैशाख ११ गते देखी १३ गते सम्म दार्चुलाका ३ स्थानीय तहहरुमा निशुल्क क्षयरोग तथा कुष्ठरोग जाचपड्ताल सम्बन्धीे शिबीर सन्चालन हुने भएको छ ।

यही बैशाख ११ गते शैल्यशिखर नगरपालीकाको देथला स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ भने वैशाख १२ गते मार्मा गाउपालीकाको तपोवन स्वास्थ्य चौकी र वैशाख १३ गते अपी हिमालको धङकङ आधारभुत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बतानुभयो ।

शिबिरमा श्वास प्रश्वास तथा छाला सम्बन्धी समस्या भएका एवम क्षयरोग र कुष्ठरोगका संका भएका बिरामीहरुलाई सम्बन्धित बिषयमा चेक जाच गरीने उहाले बतानुभयो ।

निशुल्क रुपमा सन्चालन हुने शिबिरमा समस्या भएका नागरिकले सेवा लिन समेत आग्रह गरिएको छ । क्षयरोग तथा कुष्ठरोग भएका नागरिकलाई स्थानीयस्तरमै सेवा लिन सजिलो होस भनेर शिविरको आयोजना गरिएको सुचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

Open photo

Leave A Reply

Your email address will not be published.