दार्चुलामा नेपाली कांग्रेस र एमाले कार्यकर्ता बिच झडप

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ ग्वानिमा नेपाली काग्रेश र नेकपा एमालेका कार्यकर्ता विचदोहरो झड्प भएको छ । नेपाली काग्रेश का कार्यक्रताहरु शान्तिपुर्ण र्‍याली गरिरहेका बेला नेकपा एमाले का कार्यकर्ता हरुले कांग्रेस माथी ढुङगा मुडा र सिसाका बोतलहरु प्रहार गरेको स्थानिय वीर सिंह धामीले बताए ।

उहाँका अनुसार नेकपा एमाले शैल्यशिखरले छिमेकी जिल्ला बैतडीबाट ११ गाडिमा आएका कार्यकर्ता हरुलाई मदिरा खुवाएर झड्प गराएको आरोप लगाएका छन।
दोहरो झड्प हुदा दुबै पक्षका एक दर्जन भन्दा वढी कार्यकर्ता हरुलाई सामान्य चोट पटक लागेको र गाडिका सिसा समेत फुटेको मालिकार्जुन प्रहरी ले जनाएको छ ।

उता भने नेकपा एमालेले आफुहरु माथि काग्रेशका कार्यक्रताहरुले पनेबाज बाट फर्किने क्रममा ढुङ्गा मुडा प्रहार गरेको आरोप लगाएको छ। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज सिंहलाई बुझ्दा नेपाली काग्रेशका कार्यक्रता र नेकपा एमालेका कार्यक्रताहरु विच सामान्य झड्प भएको बताएकाछन।

उहाँका अनुसार दुबै पक्षका कार्यकर्ता हरु लाई जम्का भेट भए पछि विबाद सिर्जना भएको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.