दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ रतौडामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ना ५ ख १८०८ नम्बरको बसको ठक्करबाट ६ बर्षीय बालक अमृत कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना सोमबार दिउँसो भएको बताइएको छ ।