दार्चुला-टिंकर सडक आयोजनाको काम सेनाले कसरी गर्दैछ ?

दार्चुला-टिंकर (कोठेधार टिंकर खण्ड) को ७५ किमि सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तीब्रता दिएको छ। २०७७ वैशाख २८ देखि सेना उक्त स्थानमा परिचालन भएको थियो। जसअनुसार आब ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न भएको सेनाले जनाएको छ।

साथै गत माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी-कोठेधारसम्मको ४ किमि ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई प्रदान भई निर्माण कार्य संचालन भईरहेको सेनाले जनाएको छ। सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा तुषारपानी(९३ किमि) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थैदेखि तुषारपानी खोलासम्म १.५ किमि ट्रयाक सडक विभागबाट पुन: खोलिएको थियो।

बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडि बढ्न नसेपछि नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको थियो। सो सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिन चैत १८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा सेनाले पीसी-२२० एक्साभेटर पुर्‍याइसकेको छ। लक्ष्य बमोजिमको प्रगति हासिल गराउन सेनाले हेलिकप्टरबाट आवश्यक सामान ढुवानी गरेको थियो।

Leave A Reply

Your email address will not be published.