दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

झापा – झापाको मेचीनगरमा विवाहमा मोटरसाइकल दाइजो नदिएको भन्दै विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका–४ का २८ वर्षीय डेबिट चौधरी पक्राउ परेका हुन् ।

बेहुलीका बुबा मेचीनगर–१५ का पुष्पलाल राजवंशीले दिएको उजुरीका आधारमा डेबिटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.