डडेल्धुराको भागेश्वरमा काँग्रेस विजयी

डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। काँग्रेसका हेमराज चटौत २३११ मतसहि पालिका अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले १०७८ मत ल्याए।

यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन्। उनले २३४८ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र पाइन्। भागेश्वरका पाँच वडामध्ये चार वडामा काँग्रेसका उम्मेदवार र एक वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

Leave A Reply

Your email address will not be published.