दार्चुला – बिहीवार दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न ६ पनेबाज क्षेत्रमा मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको टोलीले गाजाका बोट नस्ट गरेको छ।
पछिल्लो समय दार्चुलामा व्यावसायिक रुपले गाजाका बोट लगाउने गरेको पाइन्छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाजका विभिन्न स्थानहरुमा गाँजा नष्ट गरिएको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरक्षक मनोज खड्काले बताएनुभयो।
वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश सिंह धामीको संयोजकत्वमा स्थानीय बासिन्दा गरि १५ जनाको संयुक्त टोलीले उक्त क्षेत्रमा गाँजाका बोट नष्ट गरेको हो । दार्चुलामा गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका अपराधिक क्रियाकलाप हुने भएकोले जिल्लाका विभिन्न ठाउँहरुमा दार्चुला प्रहरीले गाजा फडानी अभियान चलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक हिक्मत थापाले बताए ।
सरकारले गाजा खेतीलाई प्राबधान नदिएको भएपनी पछिल्लो समय प्राकृतिरुपमा बारीमा उम्रीएको गाँजाका बोटहरु व्यावसायिक रुपले खेती गरेको देखिन्छ । बिहीबार देखि स्थानीय स्तरमा गाजा फडानी अभियान सुरु भएको र स्थिानिय बासिन्दा जनप्रतिनिधि हरुलाई पनि गाजा फडानीमा सहयोग गर्न अपिल गरिएको मालिकार्जुन प्रहरी चौकी प्रमुख मनोज बहादुर खड्काले बताए।