दार्चुला- लोकतान्त्रिक बाम गठबंधनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम सिह धामि नेतृत्वको टोलि घरदैलो एवं भेटघाट गर्न मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ हुनैनाथ पुगेको छ ! आज हुनैनाथ मन्दिरमा जात्रा समेत लाग्ने हुँदा जात्राको उपलक्ष्यमा सबै संग भेटघाट र अन्तरक्रिया हुने भएकाले आज जात्राको अवसर पारेर हुनैनाथ पुगेको लोकतान्त्रिक बाम गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार समिति संयोजक मदन गिरिले बताए ! जात्रामा धेरैजना संग भेट भयो ! भेटमा जनताले न्यानो स्नेह देखाएको र यसपटक जनताले लगातार २-२ पटक एमालेले जितेर जिल्लाको बिकासमा कुनै योगदान नगरेको दुई तिहाईको सरकार हुँदा समेत जिल्लामा कुनै नयाँ काम गर्न नसकेको आफ्नो स्वार्थको लागि संसद विघटन गर्ने एमाले लाई अब भोट किन दिने भन्दै लोकतान्त्रिक गठबन्धनको पक्षमा जनताको आकर्षक बढेको नेकपा समाजबादिका नेता गणेश जोशिले बताए ! साथै प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम सिह धामिले अहिलेसम्म दार्चुलामा रहेको धार्मिक एवं सास्कृतिक क्षेत्रको महत्त्व बुझ्न नसक्दा दार्चुला समृद्ध हुन नसकेको र यहाँका मठ मन्दिर एवं धार्मिक क्षेत्रलाई संरक्षण गरि यिनको महत्त्वको बारेमा प्रचारप्रसार गरेर देव भुमि दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक एवं पर्यटकिय जिल्लाको रूपमा बिकास गरेर दार्चुलालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको हुँदा सबै जिल्लाबासिको आशिर्वाद पाउने बताए! टोलिमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नरेन्द्र सिह धामी,केशर सिह भण्डारी,गोकर्ण चन्द माओवादी केन्द्रका नेता पंकज धामी लगायतको उपस्थिति रहेको थियो