पुष्पराज जोशी, दार्चुला– कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका कारण दार्चुलाका पर्यटकीय क्षेत्र ओझेलमा पर्न थालेका छन ।
कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य लगायत अन्य पर्यटकीय क्षेत्र ओझेलमा पर्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने दार्चुलामा यतिबेला पर्यटकीय गतिविधिहरु मौन अवस्थामा छन । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि गत वर्षको चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थलहरु सुनसान देखिएका छन । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द हुन पुगेका छन । कोरोना भाइरस सङ्क्रमण न्यूून हुँदै गएपनि स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाएपनि यतिखेर दार्चुलामा पर्यटकीय क्षेत्र मा आगमन बढेको छैन ।
यतीबेला जिल्लाका विभिन्न क्षेत्रमा अबस्थित चिर परिचित पर्यटकीय स्थल हरु विस्तारै बिस्तारै ओझेलमा पर्ने चिन्ता बढेको छ । यो अवस्थामा आन्तरिक पर्यटकको आवगमन पनि नभएको शैल्यशिखर नगरपालीका वडा नम्बर ६ का स्थानीयवासी हर सिह धामीको भनाइ छ । हिमाली जिल्ला दार्चुला पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला मध्ये एक हो । भारत र चिन सँग सिमा रहेको ले छिमेकी देश भारत बाट पनि सहजै पुग्न सकिने पर्यटकीय क्षेत्र ओझेलमा पर्दा आन्तरिक पर्यटकको चहलपहल पनि भइरहेको छैन । यस क्षेत्रमा धार्मिक आस्थाका विभिन्न मठ–मन्दिर प्रशस्त मात्रामा रहेको भए पनि कोरोना भाइरसका कारण दार्चुलाका पर्यटकीय क्षेत्र ओझेलमा पर्न थालेका छन ।
दार्चुलाका बिभीन्न ठाउमा पर्यटकीय क्षेत्रहरु अपि हिमाल, ब्यास हिमाल, नेपालको सातौं धार्मिक , तिर्थस्थल मालीकार्जुन ,हुनैनाथ मन्दीर कुणी ,केदारनाथ मन्दीर कुणी ,लटीनाथमन्दीर मार्मा , लटीनाथ मन्दीर बोहरीगाँउ ,शैल्यशिखर को जगतपुरी धाम , गलैनाथ मन्दीर झरकडा ,उकु महल ,मार्माको तातोपानी ,ब्यासको सिद्ध टोपी भ्युटावर ,लोपउन्मुख सौका जाती, लगायतका पर्यटकीय क्षेत्रमा चहलपहल घट्दैे गएको छ । अधिकांश स्वदेशी विदेशी पर्यटकको रोजाइँमा पर्ने अपि हिमाल मा समेत भ्रमण गर्न आउने पर्यटक हरुको संख्यामा निक्कै कमी आएको छ । कोरोनाका कारण पूर्णरुपमा बन्द जस्तै रहेको नेपालको सातौं धार्मिक , तिर्थस्थल मालीकार्जुनमा पनि चहलपहल सुरु नभएको मालिकार्जुन मन्दीर ब्यवस्थापन समिति सचिब जनक सिहं धामीले बताउनुभयो ।
जिल्लाको पर्यटकीय क्षेत्र र पर्यटकको चहलपहल नबढे पछी पर्यटन व्यवसायीहरुले निक्कै घाटा सहनु परेको स्थानीय होटल ब्यवसायी शैल्यशिखर नगरपालीकाका ६ का मदन सिँह धामी ले बताउनु भयो । दार्चुलाको आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडांैको लगानीमा सुविधा सम्पन्न होटल पनि अहिले सञ्चालनमा आएका छैनन् ।
सयांैको सङ्ख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटकको आवगमन बन्द भएपछि लगानीकर्ता चिन्तित बनेका छन ।