नेपाली सेनाको विभिन्न पदका लागि दरखास्त आह्वान

दार्चुला-नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ।

Leave A Reply

Your email address will not be published.