मालिकार्जुन मा वि मिलमिलीमा विद्यार्थी आन्दोलन थप उग्र, ताला फुटाएको र विद्यार्थी माथि हातपात भएको भन्दै विद्यार्थी सडकमा
दार्चुला-दार्चुलाको मालिकार्जुनमा मा वि मिलमिलीमा विद्यार्थी आन्दोलन थप उग्र भएको छ । विद्यालयमा विषगत शिक्षकको माग राख्दै आईतबार विद्यार्थीहरुले विद्यालयमा तालान्दी गरेका थिए । कक्षा ९ र १०का विद्यार्थीले लगाएको ताला सोही विद्यालयमा कक्षा ११ ⁄१२मा अध्यनरत विद्यार्थीले फुटाएपछि थप विवाद भएको हो । विद्यार्थीले राखेका मागको बारेमा कुनै सुनुवाई नै नगरि विद्यार्थीहरुलाई नै प्रयोग गरेर टाला टुटाए पछि विवाद झन चुलीएको हो । विद्यार्थीहरुले विद्यालयमा विषगत शिक्षकको माग राख्दै तालाबन्दी गरेको र विद्यार्थीहरु विच नै गुटबन्दी सिर्जना गरि हिजो लगाईएको ताला टोड्न लगाइएको कक्षा १० मा अध्यनरत विद्यार्थी रन्जना धामीले जानकारी दिनुभयो । हिजो लगाइएको ताला फुटाएको र कक्षा ९ र १० का विद्यार्थीमाथि हातपात भएपछि विहान विध्यार्थीहरु शैल्यशिखर नगरपालिका वडा नम्बर छ पनेबाँजमा सडकमै उत्रिएका थिए । आफुहरुले जायज माग राख्दा पनि समस्या समाधानको साटो उल्टै विद्यार्थीमाथि हातपात भएपछि सडकमा आउनु परेको कक्षा १० मा अध्यनरत विद्यार्थी सन्तोष धामीले बताउनुभयो । आफुहरुमाथि हातपात भए पछि मालिकार्जुन प्रहरी चौकीमा समेत निवेदन दिएको उहाँले बताउनुभयो । अहिले प्रहरी, शिक्षक र विद्यार्थीविच छलफल भइरहेको छ । विद्यालय व्यवस्थानि समितीका अध्यक्ष जनार्जन विष्टले आफु काम विषेशले बाहिर रहेको र विवाद समाधान गरेर विद्यालय सञ्चालनको लागी प्रयास गरिरहेको बताउनुभयो । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा गत ८ महिना देखि ४ जना शिक्षकको दरबन्दी खाली रहेको छ । बार्षिक परिक्षा नजिकै आउदा समेत शिक्षक तथा पाठ्यपुस्तक समेत उपलब्ध नभए पछि आफुहरु बाध्य भएर सडकमा आउनु परेको विद्यार्थीहरुले गुनासो गरेका छन ।

