दार्चुला । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढ्दै गएको छ ।मौषममा आएको परिवर्तनका कारण जिल्लामा पछिल्ला केही दिन यता भाइरत ज्वरोका बिरामीको संख्या बढ्दै गएको हो ।
केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको संख्या बढेको स्वास्थ्य कर्मीहरुले बताएका छन। जिल्ला अस्पताल दार्चुलामा मात्रै अहिले दैनिक ७० देखि ८० जना बिरामी आउने गरेको जिल्ला अस्पताल दार्चुलाका ल्याब असिस्टेन्ट दिपक विष्टले बताउनुभयो ।
ज्वरोका कारण बालबालिका तथा महिला बढी प्रभावित बनेका छन् ।मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।