बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

दार्चुला- बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–५ थलारामा से २ त २३४३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो । उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

झोलुङ्गे पुलको सामान लिएर गएको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.