बडिपुर माबि सर्माेलीमा कार्यरत शिक्षक जोशीको सम्मानसहित विदाई

दार्चुला-दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर १ सर्माेलीमा अवस्थित बडिपुर माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकको विदाई गरिएको छ। विगत लामो समयदेखि शिक्षण सेवा गरेर अवकासप्राप्त गर्नुभएका शिक्षक शिव राज जोशीको विदाई गरिएको हो।

शिक्षक अभिभावक संघका अध्यक्ष दौलत सिहं साउँदको अध्यक्षतामा आयोजित कार्यक्रममा लेकम गाउँपालीका वडा नम्बर १ का वडाअध्यक्ष नवराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो भने विसिष्ट अथिती पुर्व विद्यालय ब्याबस्थापन समितीका अध्यक्ष धिरेन्द्र सिंह साउँद रहेका थिए।

प्रधानाद्यापक प्रमानन्द बिष्ट लगायतको आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान सहित विदाई गरिएको विद्यालयले जनाएको छ ।

डिलाशैनी गाउँपालीका सेरा घर भएका प्राबि द्धितिय श्रेणीका शिक्षक शिवराव जोशीले ३५ बर्ष बडिपुर माबि सर्माेलीमा कार्यरत रहि अध्यापन गराएका शिक्षक जोशीको शैक्षिक अवकास प्राप्त गरेर विदाई गरेको विद्यालयका प्रधानाद्यापक प्रमानन्द बिष्टले बताउनुभयो।

शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको विदाई समारोहमा विदाइ हुनुभएका शिक्षकलाई  फुलमाला, अबिर र सम्मानपत्रसहित सम्मान गरेर विदाई गरेको उहाँले बताउनुभयो । उहाँको विद्यालयले  चौतर्फी विकासमा पुर्याएको योगदानको कदर गर्दै सुखमय सेवा निवृत्त जीवनको कामनासहित विदाई गरिएको प्रधानाद्यापक बिष्टले बताउनुभयो।

 

Leave A Reply

Your email address will not be published.