दार्चुलाको लेकम १ सर्मोलीमा विद्युत बल्यो

दार्चुला । दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर १ सर्मोलीको विभिन्न क्षेत्रमा विद्युत बलेको छ ।

स्थानीय युवाहरुको पहलमा गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बत्ती बलेको हो । राष्ट्रिय प्रसारण लाइनको ३३ केविए प्रसारण लाइन अन्तरगत २५ केभिएको ट्रन्सफारमरबाट सर्मोलीका करिब ३० घरधुरीमा विद्युतिकरण गरिएको स्थानीय महादेव साउदले जानकारी दिनुभयो ।

सर्माेलीकै बाकी रहेको क्षेत्रमा विद्युत पोल गाड्ने काम भइरहेको र केही दिन भित्रै बाकी क्षेत्रमा पनि विद्युतिकरणको काम हुने वडा नम्बर १ का वडा अध्यक्ष नवराज पन्तले बताउनुभयो। गाउँमा बत्ती बलेपछि स्थानीय खुसि भएको उहाँले बताउनुभयो ।

यस्तै दार्चुलामा राष्ट्रिय प्रसाणलबाट ५३ दशमलब ७० प्रतिशत घरधुरीमा विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलाले जनाएको छ।

जिल्लामा अझै पनि ४६ प्रतिशत जनता राष्ट्रिय प्रसारणलाईन विद्युतको पहँच बाहिर रहेको नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र दार्चुलाका प्रमुख मोहन देव जोशीले बताउनुभयो । दार्चुलामा चमेलिया लगायत साना ठुला जलविद्युत उत्पादन भएको भए पनि अहिलेसम्म अझै आधा घरधुरीमा विद्युयुतिकरण हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.