शैल्यशिखर – ५ का ७० घरधुरीमा विद्युतीकरण

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का करिब ७० घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार गरिएको छ। राष्ट्रिय प्रसारण लाईन अन्तरगतको ३३ केभिए लाईन अन्तरगत १५ केभिएको ट्रान्सफारमर चार्ज गरि उक्त क्षेत्रका ७० घरधुरीमा विद्युत चार्ज गरिएको प्राविधिक अनिल धामीले जानकारी दिनुभयो।

नगरपालिकाको वडा नम्बर ५ को बाँसै र पारिलेक क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत चार्ज गरिएको उहाँले बताउनुभयो । ट्रान्सफारमरमा लाइन चार्ज गरिएको र शाखा लाईन परिक्षणको काम भइरहेको धामीले बताउनुभयो । अहिले नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युतिकरणको काम भइरहेको छ।

health
Leave A Reply

Your email address will not be published.