दार्चुला प्रहरीले जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्दै

दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्ला भरि विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै छ ।

जिल्लामा अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणको लागी मातहतका प्रहरी इकाई मार्फत विभिन्न जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिनुभयो ।

समाजमा हुने अपराधिक गतिविधि रोकथाम र नियन्त्रणको लागी समाजमा बस्ने नागरिकलाई सचेत गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो ।

समाजमा हुने लैङ्गीक हिंसा, महिला हिंसा, लागु औषध दुव्र्यसन लगायत अपराधिक घटना रोकथाम तथा नियन्त्ररणको लागी प्रहरीले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिहरहेको उहाँले बताउनुभयो ।

यस्तै छिमेकि देशहरुमा कोरोनाको नयाँ भेरियन्ट फेला परे संगै भारत संग सिमा जोडिएको दार्चुलामा पनि उच्च सत्रकता अपनाइएको छ । दार्चुलासंग सिमा जोडिएका चिन र भारतमा कोरोना संक्रमण बढे पछि दार्चुलामा पनि जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरि रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेका विभिन्न प्रहरी इकाइहरुबाट समुदाय प्रहरी कार्यक्रम अन्तरगत तपाइको मास्क खै, जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिरहेको दार्चुला प्रहरीले जानकाएको छ ।

Leave A Reply

Your email address will not be published.