गोविन्द सिंह धामी/ दार्चुला – शुक्रबार राती खसेको पहिरोको कारण अवरुद्ध भएको महाकाली लोकमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
शुुक्रबार राती अविरल बर्षा संगैको पहिरोले गोकुलेश्वर–खलंगा सडकखण्डको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ दुदलीगाडमा सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक खुलाउन शनिबार बिहानैदेखि डिभिजन सडक कार्यालय पाटनको लोडरले काम गरिरहेको भए पनि आइतबार विहानसम्म अबरुद्ध सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी गन्तब्यसम्म पुग्न सकेका छैनन्, भने यात्रुहरु समस्यामा परेका छन ।
अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको र आइतबार दिउँसो सम्म सडक खुलाउन सकिने डिभिजन सडक पाटनका ईन्जिनियर हरिश जोशीले मालिकार्जुन खबर लाई जानकारी दिनुभयो।
