काङ्ग्रेस महाधिवेशन  : शैल्यशिखरमा बिष्टद्धारा नगर सभापतिमा उम्मेदवारी घोषणा

दार्चुला । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै दार्चुलामा गाउँ नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । काङ्ग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर तथा गाउँ सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा शैल्यशिखर नगरपालिकामा नगर सभापतिका लागि युवा उम्मेदवारको रुपमा जगदीश बिष्टले उम्मेदवारी घोषणा गरेका छन ।

गोकुलेश्वर माध्यमिक विद्यालयबाट विक्रम सम्वत २०६४ सालमा नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्दै नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गरेका बिष्ट विद्यालय, क्याम्पस हुँदै जिल्ला कमिटीको सचिव पदमा आवद्व रहिसक्नुभएको छ । विगत डेढ दशक देखि निरन्तर नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा होमिएका उहाँले अहिले नगर सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सामाजिक कार्यमा अग्रसर हुँदै आउनुभएका उहाँ गलत गतिविधिका विरुद्ध जिल्लामा आन्दोलनको नेतृत्व गर्दै आउनुभएको छ ।

अग्रजको साथमा युवाको जिम्मेवारी काधमा भन्दै विष्टले नगरसभापतिको लागि आफ्नो दाबी रहेको बताउनु भयो । अबको राजनीति युवाले सम्हाल्नुपर्ने तथा यसको लागि अग्रजलाई पनि सँगसँगै लग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शैल्यशिखरमा युवा नेता विष्टसँगै लक्ष्मण डागा, मोहन साउँद, धर्म खडायत, अशोक धामी लगायतले सभापतिमा लड्ने आंकाक्षा देखाएका छन् ।

Leave A Reply

Your email address will not be published.