दार्चुलाका ६ बालबालिकामा कोरोना संक्रमण

दार्चुला । दार्चुलाका ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

तीन दिनको अवधिमा जिल्ला अस्पताल दार्चुलामा एन्टिजेन परिक्षण गर्दा ६ जना बालबालिकामा संक्रमण देखिएको हो। अस्पतालका अनुसार बिहीबार मात्रै २ जना ४ महिना र १० महिनाको उक बच्चामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै महाकाली नगरपालिका –४ का एक बालकलाई थप उपचारको लागि डडेल्धुरा रेफर गरिएको छ।

एक महिनाको अवधिमा ३८ जनामा एन्टिजेन परीक्षण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बालबालिकामा कोरोना देखिन थालेपछि अस्पतालले १० बेडको आइसोलेसन बनाउन थालेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.