दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ पाती र खरखडामा विद्युत विस्तार गरिएको छ । राष्ट्रिय प्रसारण लाईन अन्तरगत २ वटा ट्रानसफारमर राखी वडा नम्बर ४ का करिब ३ सय घरधुरीमा विद्युत विस्तार गरिएको हो ।
आज वडा नम्बर ४ को पाती र खरखडा टोलमा २ वटा ट्रान्सफारमर चार्ज गरिएको प्राविधिक अनिल धामीले जानकारी दिनुभयो ।
चार्ज गरिएका २ वटा ट्रान्सफारमरबाट वडा नम्बर ४ का अधिकांस घरधुरीमा बत्ती बल्ने उहाँले बताउनुभयो । शाखा लाईन परिक्षण भए सगै वडाका करिब ३ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत बल्ने उहाँले बताउनुभयो ।