नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, प्रदेश सरकार संकटमा

दार्चुला । सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले भने मत नदिने निर्णय गरेको छ । आज डिल्लीबजार कारागारमा नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यबीच बसेको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच विहानदेखि बैठक चलेको थीयो।

मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

पार्टीका संरक्षक रेशम चौधरीसहितका राजबन्दीको रिहाको प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो।

Leave A Reply

Your email address will not be published.