मालिकार्जुनमा सञ्चालन भएको उद्यम विकास तालिम सम्पन्न

दार्चुला । मालिकार्जुनमा सञ्चालन भएको उद्यम विकास तालिम सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन भएको ८ दिने उद्यम विकास तालिम सम्पन्न भएको उद्यम विकास सहजकर्ता धनसरा भण्डारीले जानकारी दिनुभयो ।

वडामा रहेका बेरोजगारहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको ८ दिने तालिम आज सम्पन्न भएको सहजकर्ता राधिका धामीले जानकारी दिनुभयो । तालिममा २३ महिला र २ पुरुष गरि २५ जनाको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो ।

माघ १९ गते देखि सञ्चालन भएको तालिममाम सहभागीहरुलाई ३ दिने व्यवसाय सचेतना सम्बन्धी तालिम दिइएको थियो । त्यस्तै ५ दिने उधमशिलता तालिम १ दिने लैङ्गिक सम विकास तालिम दिइएको उहाँले जानकारी दिनुभयो ।

८ दिने उद्यमविकास तालिमको सहजीकरण उद्यमविकास सहजकर्ता राधिका धामी र धनसरा भण्डारीले गर्नुभएको थियो ।

May be an image of 9 people and outdoors

health
Leave A Reply

Your email address will not be published.