सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु भएको छ : माधवकुमार नेपाल

दार्चुला । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गर्नुभयो ।

उहाँले नेकपा एमालेले अन्तितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भुमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताउनु भयो ।

उहाँले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भुमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरु म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । किनभने दंग पारिएको छ । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालेँ भन्ने परिरहेको छ । को को सेन्टीफ्ल्याट खाने हो थाहा छैन । नेपालको राजनीति यही ढंगले अघि बढीरहेको छ । मैले संकेत मात्रै गरेको हो । हामी पनि राष्ट्रिय राजनीतिमा छौँ, हाम्रो पनि भुमिका छ । के भूल्य छ, यिनीहरुको भन्नेहरु भन्दै गरुन्, हण्डर, ठक्कर खाएपछि चेत खुल्छ, हामी पोजेटिभ भुमिका खेल्छौँ । हामी कसैको पक्षपोषण गर्दैनौँ ।’

अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताउनु भयो । उहाँले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताउनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको दाबी गर्नुभयो ।

health
Leave A Reply

Your email address will not be published.