मा वि मिलमिलीमा ६५ दिने बेमौसमि तरकारी खेती तालिम सञ्चालन हुने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन मावि मिलमिलीमा छोटो अवधिको बेमौसमि तरकारी खेती तालिम सञ्चालन हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यवसयिक तालिम परिषद सिटिइभिटीबाट छोटो अवधिको बेमौसमि तरकारी खेती तालिम सञ्चालन हुन लागेको विद्यालयका प्राधानाध्यापक विर सिंह खातीले बताउनुभयो ।

फागुन १० गते बाट सुरु हुने उक्त तालिम ६५ दिन सम्म सञ्चालन हुने उहाँले बताउनुभयो । १६ बर्ष पुरा भइ ६० बर्ष नगागेका नागरिकले तालिममा सहभागी हुन पाउने छन। सिटिइभिटी सुदुरपश्चिम प्रदेश कार्यालय मार्फत सञ्चालन हुने उक्त कार्यक्रममा २० जनालाई सहभागी गराइने प्रधानाध्यापक खातीले बताउनुभयो । ६५ दिन सम्म सञ्चालन हुने तालिम निशुल्क हुने र प्रतेक दिन तालिममा सहभागीलाई खाजा खर्च उपलब्ध गराईने छ।

तालिममा सहभागी हुनको लागी यस अघि कुनै पनि छोटो अवधिको तालिममा सहभागी नभएको हनुपर्ने छ। तलिम पछि सहभागीलाई सिटिइभिटीले प्रमाण पत्र उपलब्ध गराउने विद्यालयका लेखापाल हरराज विष्टले जानकारी दिनुभयो ।

तालिममा सहभागी हुन चाहनेले फागुन ५ गते सम्म आवेदन फाराम भर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

health
Leave A Reply

Your email address will not be published.