दार्चुलाको ब्याँसमा निर्माण गरिएका २ वटा झोलुंगे पुलको उद्घाटन

दार्चुला । नेपाल सरकारको तुइन मुक्त कार्यक्रम अन्तर्गत दार्चुलाको ब्याँस गाउँपालिकामा निर्माण गरिएका २ वटा झोलुंगे पुलको आज उद्घाटन छ । महाकाली नदीमा बनाइएका दुइटा झोलुंगे पुलहरु विहिवार (आज) उद्घाटन गरिएको हो ।

नेपाल र भारतको स्थानीय प्रशासनबीच औपचारिक रुपमा सञ्चालन गर्न यस अघि समन्वय गरी मिति निर्धारण गरिएको थियो, सोही अनुसार आज ब्याँस गाउँपालिकामा निर्माण गरिएका २ वटा झोलुङे पुलको उ उद्घाटन गरिएको ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले जानकारी दिनुभयो ।

व्यास गाउँपालिकाको वडा नम्बर २ मालगाउँ र वडा नम्बर ४ सुन्सेरा क्षेत्रमा नेपाल भारत जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि औपचारिक रुपमा सञ्चालन हुन नसक्दा स्थानियले तुइनको साहारामा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।

अब औपचारिक रुपमा पुल उद्घाटन गरी नियमित सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष कुवरले बताउनुभयो । आज उद्धघाटन गरिएका २ वटा पुलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई खटाउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले निर्णय गरिसकेको छ।

गत साता बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुन्सेरा जोड्ने मलघट्टे पुलमा नेपाल प्रहरी र मालगाउँ जोड्ने पुलमा सशस्त्र प्रहरीलाई तत्काल पुलको सुरक्षा एवं सञ्चालनमा खटाउने निर्णय गरेको थियो ।

सोही अनुसार  पुलमा सुरक्षा प्रबन्ध मिलाइएको गाउँपालिका उपाध्यक्ष कुवरले जानकारी दिनुभयो । नेपाल सरकारले मलघट्टेमा १ सय २० मिटर लामो र मालघाटमा १ सय ४० मिटर लामो झोलुंगेपुल निर्माण गरेको हो ।

आज (विहिवार) भएको पुल उद्घाटन कार्यक्रममा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, दार्चुलास्थित सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति एसपी डम्बरवहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलालका प्रहरी प्रमुख, ब्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवर लगायतको सहभागीता रहेको थियो ।

त्यस्तैे भारतको तर्फबाट पिथौरागढका डिएम रिना जोशी लगायतको सहभागीता रहेको गाउँपालिका उपाध्यक्ष कुवरले जानकारी दिनुभयो ।

 

health
Leave A Reply

Your email address will not be published.