सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन चैत ८ मा हुने

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन चैत ८ मा हुने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा चैत ८ मा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्ने निर्णय गरेको हो।

२०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो। केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए। विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको माग गर्दै आएका थिए। पाठकले विद्यार्थी संगठनहरूसँग छलफलपछि निर्वाचनको मिति घोषणा गरिएको बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.