एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

दार्चुला – नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । एमालेका सबै आठ जना मन्त्रीले आज साेमवार दिउँसाे बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हु्न् ।

एमालेबाट मन्त्री बनेका उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री विमला राई पौड्याल, भूमि सुधार सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, सहरी विकास मन्त्री दामोदर भण्डारी, स्वास्थ्य मन्त्री पदम गिरी र रक्षा मन्त्री हरी उप्रेतीले राजीनामा बुझाउनुभएको हो । यसअघि एमालेको बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपति चुनावमा कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो ।

Leave A Reply

Your email address will not be published.