अपिहिमालमा जेष्ठ नागरिकलाई कम्बल वितरण

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । आईतबार जिल्लाको अपिहिमाल गाँउपालिका वडा नं ४ मा कम्बल वितरण गरिएको हो ।

अध्यक्ष सँग जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत आज पहिलो दिन वडा नं ४ का जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारि दिए । जेष्ठ नागरिक समाज खण्डेश्वरीको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाभरिका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिने अध्यक्ष बोहोराले बताए ।

आज पहिलो दिन वडा न ४ का सम्पुर्ण जेष्ठनागरिक हरुलाई कम्बल वितरण गरिएको र अव पालिकाका ६ वटै वडामा वडा अध्यक्ष संगै जेष्ट नागरिक समुहले बितरण गर्ने कार्यक्रम रहेको उहाँले बताए ।

Leave A Reply

Your email address will not be published.