दार्चुलामा जीप दुर्घटना हुदा नौंँ जना घाइते एकको मृत्यु

दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सदरमुकाम दार्चुलाबाट दल्लेख तर्फ जादै गरेको मधेस प्रदेश ०३–००१ ज ०३४० नम्बरको जीप जिल्लाको महाकाली नगरपालिका – ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मंगलबार बिहान दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए भने घाईते मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलालले जनाएकोछ ।

दुघृटनाको कारण खुलेको छैन्, थप अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.