मा वि मिलमिलीका प्रधानाध्यापक खातीको विदाई

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीमा कार्यरत शिक्षक विरसिंह खातीको एक कार्यक्रमका बिच विदाई गरिएको छ।

२०४५ साल देखि शिक्षक सेवा प्रवेश गरेका विद्यालयका प्रधानाध्यपक समेत रहेका खातीको आज विदाई गरिएको हो । उमेर हदका कारण सेवा निवृत हुनुभएका खाती २०७४ साल देखि विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

२०४५ साल देखि मा वि मिलमिलीमा कार्यरत शिक्षक खातीले विद्यालयको शैक्षिक विकासका लागी ठुलो योगदान दिएको विद्यालयका निमित्त प्रधानाध्यापक राम सिंह धामीले बताउनुभयो। सेवा निवृत भएर जानु भएका शिक्षक खातीलाई विद्यलय परिवारले विभिन्न उपहार सहित विदाई गरेको उहाँले बताउनुभयो ।

विद्यालयका कार्यवाहक विद्यालय व्यवस्थापन समिती अध्यक्ष अमर सिंह खातीको प्रमुख आथित्यतामा भएको विदाई समारोहमा विद्यालयका निमित्त प्रधानाध्यापक राम सिंह धामी विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायत स्थानीयको सहभागीता रहेको विद्यालयका निमित्त प्रधानाध्यापक धामीले जानकारी दिनुभयो ।

health
Leave A Reply

Your email address will not be published.