सबै सांसदको विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड

दार्चुला  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सबै सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

 

आज आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमवार  शय प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो । उहाँले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै सोमवार शय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९ दशमलव २५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

 

प्रधानमन्त्रीले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.