संविधान दिवसको अवसरमा मालिर्जुन मन्दिर परिषरमा सरसफाइ

दार्चुला । साँतौ संविधान दिवसको अवसरमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकार्जुनमा रहेको मालिकार्जुन मन्दिर परिसरमा सरफाइ गरिएको छ ।

मालिकार्जु गाउँपालिका र गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय कार्यरत कर्मचारीहरुले मन्दिर परिसरमा सरसफाइ गरेका हुन । गाउँपालिका र वडा कार्यालयका कर्मचारीहरुले मालिकार्जुन मन्दिर प्रवेश द्धार र मन्दिर परिसरमा सरसफाइ गरेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीय विक्रम धामीले जानकारी दिनुभयो ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थीत देशकै सातौँ धाम मालिकार्जुन मन्दिरमा सरसफाई गरेका हुन् । देशकै प्रशिद्ध धाम एवं पर्यटकीय गन्तव्य मालिकार्जुन मन्दिर परिसरमा सरसफाई गरी संविधान दिवस मनाएको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुणराज ओझाले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गुणराज ओझा, वडा नम्बर ३ का वडा अध्यक्ष कल्यान सिंह धामी वडा सचिव मदन सिंह धामी लगायत गाउँपालिकामा रहेका विभिन्न शाखा प्रमुख एवं शाखामा कार्यरत कर्मचारी मिलेर मन्दिर परिसरको सरसफाई गरेको प्रमुख प्रशासकिय अधिकृत ओझाले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.