नेपाली कांग्रेस द्धारा मालिकार्जुन गाउँपालिकालाई १४ बुदे ध्यानाकषर्ण पत्र

गोविन्द धामी ,दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई नेपाली कांग्रेसले १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । मालिकार्जुन गाउँपालीका नेपाली कांग्रेस गाउँकार्यसमीतीले एक कार्यक्रमका बिच आज मालिकार्जुन गाउँपालीकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

गाउँपालीकाले आर्थिक बर्ष २०७९ -८० मा अहिलेसम्म गरेका काम कार्वाहीमा भए गरेका कमीकमजोरीहरूलाई समावेश गरेर निर्णय सच्याउन तथा कमीकमजोरी सुधार गरि जनतालाई शु-सासनको प्रत्याभूति हुने गरि काम गर्न गराउन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरज जोशी र गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामीलाई १४ बुदे ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेस मालिकार्जुन गाउँपालीका सभापती किषन सिंह सामन्तले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिकाका पुर्व अध्यक्ष नरेन्द्र सिंह धामीको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । १४ बुदे ध्यानाकर्षण पत्रमा विगतको सरकारले सञ्चालन गरेका योजनाहरुलाई निरन्तरता नदिएको दुख व्यक्त गर्दै महत्वकांक्षी योजनालाई सञ्चालन गर्न माग गरिएको छ। त्यस्तै त्यस्तै गाउँपालिका भित्र निर्माण भइरहेका १७ वटा सडकमा बजेट विनियोजन गर्न माग गरिएको छ।

विगतको सरकारले नियुक्त गरेका गाउँपालिकाका कर्मचारीलाई बिना कारण विभेदकारी ढ्ङ्गबाट टाएकोले योग्य कर्मचारीलाई पुन नियुक्त गर्न माग गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधिले खानेपानीका पाइप आफु अनुकुलका कर्मचारीलाई वितरण गर्दा वास्तविक खानेपानी पिडित समस्यामा रहेको प्रति काग्रेसले आपत्ती जनाएको छ। ध्यानाकर्षण पत्रमा गाउँपालिकाले विभिन्न क्षेत्रमा अनियमित्तता गरेको भन्दै काग्रेस मालिकार्जुनले आपत्ती जनाएको ।

गाउँपालिकाले गाउँपालिका बासिको हितमा भन्दा आफ्ना स्वास्र्थ पुर्ती गर्न तर्फमा अग्रसर भएको पुर्व गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले आरोप लगाउनुभयो। गाउँपालिका अध्यक्ष हिरा सिंह धामीलाई १ घण्टाको समय माग्दा समेत गाउँपालिका अध्यक्षले समय नदिएको उहाँले गुनासो गर्नुभयो ।  कार्यक्रमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता कार्यक्रता लगायतको सहभागीता रहेको थियो ।

नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका कार्य समितीले बुझाएको १४ बुदे ध्यानाकर्षण पत्र ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

Leave A Reply

Your email address will not be published.