दार्चुलामा लागुऔषध सहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धापबाट करिब ३ किलोग्राम लागुऔषध सहित बझाङ बुङ्गल नगरपालिका वडा नम्बर ७ कफलसेरीका १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई गाँजासहित फेला पारेपछि पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.