दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशासकिय भवनको शिलन्यास

दार्चुला ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशाकिय भवनको शिलन्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको आज शिलन्यास गरिएको हो। वडा नम्बर ८ को थकतोली र धनदबलाको विचमा निर्माण हुने गाउँपालिकाको प्रशासकिय भवनको निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी र गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ थकतोलीका स्थानीय दुर्गा दत्त जोशी र मोहन देव जोशीले निशुल्क दान गरेको ६ रोपनी जग्गामा निर्माण हुन लागेको गाउँपालिकाको प्रशासकिय भवनको आज शिलन्यास गरिएको गाउँपालिकाका निर्वतमान अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

धुलिखेल एल. वि. एण्ड जेवि निर्माण कम्पनी धनगडी संग २०७९ साल जेठ १० गते निर्माण सम्झौता भएको भवन निर्माणको लागी २०७९ पुष ८ गते निर्माणको कार्यादेश  पाएको उहाँले बताउनुभयो । संघिय सरकार र मालिकार्जुन गाउँपालिकाको समपुरक अनुदान मार्फत निर्माण हुने उक्त भवनका लागी ६ करोड ५४ लाख ९० हजार रुपैयाँ लागत हुने उहाँले बताउनुभयो ।

चालु आर्थिक बर्ष २०७९/०८० का लागी संघिय सरकार र मालिकार्जुन गाउँपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेका छन। शिलन्यास कार्यक्रमा बाजागाँजा सहित स्थानीय बासिको हर्सउल्लास पुर्ण उपस्थिती रहेको उहाँले बताउनुभयो । विगत सरकारको पालामा जग्गा प्राप्ती भई ठेक्का टेन्डर समेत भएको भवन निर्माण प्रक्रिया विभिन्न कारण रोकिएको थियो ।

प्रशासकिय भवन कुन स्थानमा निर्माण गर्ने भन्ने विषमा भएको विवादका कारण भवन निर्माण प्रक्रिया रोकिएको थियो । जिल्ला अदालत दार्चुला र उच्च अदालत कञ्चनपुरको निर्णय पछी निर्माण प्रक्रिया अगाडी बढाइएको निर्वतमान गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

“निर्माण हुन लागेको प्रशासकिय भवन मालिकार्जुन गाउँपालिकाका ८ वटै वडाका स्थानीयलाई पायक पर्ने स्थानमा छ” पुर्व गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो । महाकाली लोकमार्ग संगै निर्माण हुने सुविधा सम्पन्न भवन निर्माण भए गाउँपालिका बासिलाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने उहाँको भनाई छ।

लामो समय सम्म विभिन्न कारणले रोकिएको भवन निर्माण प्रक्रिया अगाडी बढे पछि खुशी लागेको निर्वतमान गाउँपालिका अध्यक्ष धामीको भनाई छ। “लामो समय सम्म भवन निर्माण प्रक्रिया रोकिएको थियो अहिले अदालतले फैसला गरे संगै भवन निर्माण प्रक्रिया अगाडी बढेको छ, म भवन निर्माणको लागी जग्गा दान गर्न जग्गा दाता र स्थानीयलाई धन्यवाद दिन चाहान्छु” उहाँले भन्नुभयो ।

भवन निर्माण प्रक्रियामा अहम भुमिका निर्वाह गरेको भन्दै स्थानीयले निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले धन्यवाद दिएका छन।

Leave A Reply

Your email address will not be published.