दार्चुलामा तुइनबाट खसेका पुरुष मृत फेला

दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेका पुरुष मृत फेला परेका छन। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तल्लो दुम्लिङ घुमले भन्ने स्थान मा शनिबार दिउसो तुइनबाट खसेर बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले खोजी गर्दा करिव २ किलोमिटर टाढा भण्डारीको शव फेला परेको जिल्ला पहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

भण्डारी शनिवार दिउँसो साढे १ बजेतिर नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थान मा रहेको तुइनबाट खसेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुला का अनुसार तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर सुन्नासाथ दुम्लिङबाट प्रहरी टोली घट्ना स्थलमा खटिएको थियो।

भण्डारीको शव महाकाली किनारमा (दक्षिण तर्फ ) करिब २ किलोमीटर टाढा मन्ती भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.