दार्चुला –जगतपुरी शिवधामका माहाराज स्वामी रामान्नद सरस्वतीले अनशन तोड्नुभएको छ।
शनिवार गोकुलेश्वरमा जगतपुरी शिव धाममा बनेको बृद्धाश्रमको उद्याटनको विषयमा दुई पक्ष विच विवाद भए पछि स्वामी रामान्नद सरस्वतीले अनसन सुरु गर्नुभएको थियो । दुई पक्ष विच विवाद भए पछि स्वामी रामान्नदलाई गोकुलेश्वर प्रहरीले नियन्त्रमा लिएको थियो ।
जगतपुरी शिव धामको नाममा रहेको जग्गामा बनेको बृद्धाश्रमको आफ्नै संस्था बाट उद्घाटन गर्न पाउनुपर्ने भन्दै अनसन सुरु गरेका स्वामी रामान्नद सरस्वतीले आज मुख्यमन्त्री कमल बहादुर शाह संग छलफल गरि अनशन तोड्नुभएको हो ।
बृद्धाश्रमको उद्याटनको बारेमा विवाद हुदा स्वामी रामान्नद सरस्वतीले शनिवारबाट अनसन सुरु गर्नुभएको थियो । आज जिल्ला सदरमुकाममा कार्यक्रम गरि फर्किनुभएका मुख्यमन्त्री शाह संगको छलफल गरे पछि उहाँले अनसन तोड्नु भएको छ। स्वामी रामान्नद सरस्वतीले मुख्यमन्त्री शाहको हातबाट जुस पिएर अनसन तोडेको प्रदेश सभा सदस्य बिक्रम सिंह धामीले जानकारी दिनुभयो ।